शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • राजमार्गमा पहिरैपहिरो, कहाँ कहाँ अवरोध छ ?


    हुलाक प्रेस

    • बुधबार, असोज ८ २०८२०९:३७
    राजमार्गमा पहिरैपहिरो, कहाँ कहाँ अवरोध छ ?

    काठमाडौं । संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका काठमाडौं–मुग्लिङ सडकखण्ड र मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध छ । यी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । 

    इच्छाकामना गाउँपालिका–६, तुइनखोलामा ठूलो पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको छ । पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो । यसबीचमा पहिरो जाँदै, पन्छाउँदै सडक सञ्चालनको कार्य भइरहेको थियो । मंगलबार खसेको ठूलो पहिरो बुधबार पन्छाउने कार्य गरिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, कुनै अवरोध नभए बिहीबार पहिरो पन्छाइसकिन्छ । चितवनतर्फको घोप्टेभीरमा पनि बुधबार पहिराे खसेकाे छ ।

    यता, धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोलामा पुनः पहिरो गएको छ । मंगलबार बिहान करिब उक्त स्थानमा ठूलो सुक्खा पहिरो खसेको थियो र, पन्छाइएर सडक सञ्चालन गरिएको थियो । सोही ठाउँमा  बुधबार (असोज ८) साँझ पुनः पहिरो खसेको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए । 

    “अहिले पानी परिरहेको छ । पानी रोकिन थालेपछि पहिरो हटाउन थाल्छौँ,” प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । त्यस्तै, धादिङकै खटौटी पुलनजिक पनि पहिरो खसेको छ । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध छ । 

     


    प्रतिक्रिया दिनुहोस