शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • तुइन खोलामा हटाइयो पहिरो, मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालन


    हुलाक प्रेस

    • बिहीबार , असोज ९ २०८२११:४०
    तुइन खोलामा हटाइयो पहिरो, मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालन

    काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोला पुलनजिकै पहिरो खस्दा दुई दिनअघिदेखि सडक अवरुद्ध भएको थियो । 

    त्यहाँ खसेको पहिरो पूर्ण रूपमा हटाई बिहीबार राति साढे १० बजे (असोज ९) देखि यातायात आवागमन दुईतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

    ठूलो पहिरो गएपछि मंगलबार दिउँसोदेखि सो सडकखण्ड अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको थियो ।

    साँझ फ्लडलाइट जडान गरेर पहिरो पन्छाइएको हो । सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् । 


    प्रतिक्रिया दिनुहोस