शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • केपी ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक


    हुलाक प्रेस

    • आइतबार, असोज १२ २०८२१०:४०
    केपी ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक

    काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ । 

    ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो । 

    भदौ २३ र २४ को आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले उनीहरूको विदेश यात्रामा रोक लगाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।

    शर्माका अनुसार उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनिवार्य अनुमति लिनुपर्नेछ ।
     


    प्रतिक्रिया दिनुहोस