शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जेनजीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण


    हुलाक प्रेस

    • सोमबार, असोज १३ २०८२०५:१४
    जेनजीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

    गोदावरी (कैलाली) ।  जेनजी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १५ लाख सहयोग प्रदान गरिएको छ । 

    सहिद जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप सो रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । 

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताए । रासस


    प्रतिक्रिया दिनुहोस