बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गुल्मीको छल्दीपनाहमा बस सडक छेउमा रहेको घरमा गएर दुर्घटना, १५ जना घाइते


    हुलाक प्रेस

    • सोमबार, असोज १३ २०८२०५:५०
    गुल्मीको छल्दीपनाहमा बस सडक छेउमा रहेको घरमा गएर दुर्घटना, १५ जना घाइते

    गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–४ छल्दीपनाहमा बस दुर्घटना भएको छ ।

    सोमबार दिउँसो बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु. १ख ७७७६ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

    बस सडकदेखि करिब ५ मिटर तल खसेको र सडक किनारमै रहेको मनीष कुँवरको खाली घरमा अड्किएर रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए।

    घटनास्थल प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरीक्षक जगन्नाथ पाण्डेको नेतृत्वमा गएको टोलीले उद्धार कार्य गरेको थियो ।

    घाइते १५ जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस