बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अख्तियारमा इमेलमार्फत उजुरी दिनेको संख्या बढी


    हुलाक प्रेस

    • मंगलबार, असोज १४ २०८२११:१९
    अख्तियारमा इमेलमार्फत उजुरी दिनेको संख्या बढी

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको हालसम्म ६ हजार ७८६ वटा उजुरी दर्ता भएका छन् ।

    आयोगका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा मात्र ३ हजार ९२२ वटा उजुरी परेका थिए । ती मध्ये आयोगको वेबसाइटमार्फत १ हजार १७६ वटा उजुरी दर्ता भएका छन् । आयोगले उजुरी र गुनासो आफ्नै वेबसाइटमार्फत पनि लिने व्यवस्था गरेको छ ।

    साउन महिनामा ईमेलमार्फत दर्ता हुने उजुरी सबैभन्दा बढी ९४३ रहेका छन् । त्यस्तै, ८८९ वटा लिखित निवेदन, ६५३ वटा हुलाकमार्फत र १५१ वटा टेलिफोनमार्फत उजुरी परेका छन् ।

    भदौ महिनामा आयोगमा २ हजार २७६ उजुरी दर्ता भएका छन् । तीमध्ये ७१७ वटा उजुरी आयोगको वेबसाइटमार्फत दर्ता भएका छन् ।

    सोही अवधिमा लिखित निवेदन र ईमेलमार्फत दर्ता भएका उजुरी बराबरी ५२४/५२४ छन् भने हुलाकमार्फत ३६६ वटा उजुरी दर्ता भएका छन् । यस्तै, असोज १३ गतेसम्म आयोगमा ५८८ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस