बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हरायो


    हुलाक प्रेस

    • मंगलबार, असोज १४ २०८२११:३२
    नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हरायो

    काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । नेपाललाई वेस्ट इन्डिजले १० विकेटले हराएको हो ।

    नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले अविजित ४१ रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४  र कुशल मल्लले १२ रन बनाए ।

    सुरुवात राम्रो गरेर पावरप्लेमा ३७-० को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि थप ९० रन पनि नजोड्दा सबै विकेट गुमायो । वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

    नेपालले लगातार दुई जित निकालेर शृंखला यसअघि नै आफ्नो नाममा गरिसकेको छ । आजको खेलमा भने वेस्ट इन्डिज पूर्णरूपा हावी बनेको छ ।


    प्रतिक्रिया दिनुहोस