शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दसैँ टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै


    हुलाक प्रेस

    • शुक्रबार, असोज १७ २०८२११:१०
    दसैँ टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै

    काठमाडौं । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।

    खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ ।

    देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

    कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।


    प्रतिक्रिया दिनुहोस