बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • वर्षासँगै बाढी पहिरोको जोखिम बढेपछि राति यात्रा नगर्न सडक विभागको अनुरोध


    हुलाक प्रेस

    • शुक्रबार, असोज १७ २०८२०३:४८
    वर्षासँगै बाढी पहिरोको जोखिम बढेपछि राति यात्रा नगर्न सडक विभागको अनुरोध

    काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । 

    वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई  विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । 

    साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस