बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • निगमले सोमबार काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गर्ने


    हुलाक प्रेस

    • आइतबार, असोज १९ २०८२१०:०१
    निगमले सोमबार काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गर्ने

    काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार चार्टर्ड उडान गर्ने भएको छ । सोमबार (असोज २०) दिउँसो १ बजे काठमाडौंदेखि भैरहवा जाने र २:४५ बजे भैरहवाका यात्रुलाई काठमाडौं ल्याउने निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।

    काठमाडौंबाट भैरहवा जान पाँच हजार रुपैयाँ र भैरहवाबाट काठमाडौं फर्कन सात हजार रुपैयाँ भाडादर कायम गरिएको छ । 

    निगमले सडक यातायात सहज नभएको र दसैँपछि काठमाडौं फर्किने यात्रुको चाप भएको भन्दै चार्टर्ड उडान गर्ने तयारी गरेको जनाएको छ । विशेषगरी वैदेशिक रोजगारीमा जान टिकट लिएका र अशक्त व्यक्तिहरूका लागि विमान चार्टर्ड गर्ने तयारीमा निगम लागेको छ । 


    प्रतिक्रिया दिनुहोस