शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • श्रीमान्द्वारा श्रीमतीको हत्या, आवेशमा हत्या गरेको स्वीकार


    हुलाक प्रेस

    • बुधबार, असोज २२ २०८२०१:४९
    श्रीमान्द्वारा श्रीमतीको हत्या, आवेशमा हत्या गरेको स्वीकार

    त्रिशूली नुवाकोट । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । 

    घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ ।

    अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् । 
    रासस


    प्रतिक्रिया दिनुहोस