शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम


    हुलाक प्रेस

    • शुक्रबार, असोज २४ २०८२०९:०३
    हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम

    काठमाडौँ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन ।

    इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन् ।

    अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस