बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जग्गा संरक्षण नहुनुमा त्रिविका पदाधिकारी र कर्मचारी दोषी : खोजबिन प्रतिवेदन


    हुलाक प्रेस

    • आइतबार, असोज २६ २०८२०७:५९
    जग्गा संरक्षण नहुनुमा त्रिविका पदाधिकारी र कर्मचारी दोषी : खोजबिन प्रतिवेदन

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गा संरक्षण हुन नसकेको ठहर गरेको छ ।

    विश्वविद्यालयको जग्गा हिनामिना हुनुका ५ कारण औंल्याइएको छ । जसमा पहिलो कारण त्रिविका पदाधिकारीले जग्गा जमिनको अभिलेखसमेत अद्यावधिक नगरेको उल्लेख छ । पदाधिकारीले कानुनले तोकेको जिम्मेवारी बहन नगरी लापरबाही गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमा त्रिवि सभा, कुलपति एवं प्रधानमन्त्री र सहकुलपति तथा शिक्षा मन्त्रीहरुसमेत जिम्मेवार रहेको प्रतिवेदनले जनाएको छ ।

    त्रिविको जग्गा संरक्षण नहुनुमा राजनीतिलाई दोस्रो कारण देखाइएको छ । ‘राजनीतिक नेतृत्वको मिलेमतोमा अपचलन भएको छ । अतिक्रमण गर्ने पक्षलाई नै संरक्षण भएको छ । त्रिविको जग्गा वितरण गर्न राजनीतिक दबाब, प्रभाव र स्वार्थ हाबी भएको छ,’ प्रतिवेदनमा भनिएको छ । त्रिविका कर्मचारी समेत जग्गा अतिक्रमण हुनुमा जिम्मेवार रहेको समितिले जनाएको छ । सरकारी जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढ्नु र कानुनी तथा नीतिगत व्यवस्था स्पष्ट नहुनलाई औंल्याएको छ ।

     


    प्रतिक्रिया दिनुहोस