बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विपिन जोशी जीवीत नरहेको इजराइलद्धारा परिवारलाई जानकारी


    हुलाक प्रेस

    • सोमबार, असोज २७ २०८२१२:२३
    विपिन जोशी जीवीत नरहेको इजराइलद्धारा परिवारलाई जानकारी

    काठमाडौं । इजरायलमा हमासको कव्जामा रहेका नेपालका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

    इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे जोशी जीवित नरहेको परिवारलाई औपचारिक जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।  

    इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित भएको कुनै प्रमाण नभेटेकाले उनी जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले जानकारी दिएका छन् । 

    इजरायल र हमासबिच दुई वर्ष लामो युद्धविराम घोषणापछि आज हमासको कब्जामा रहेका बन्धिहरु रिहाई गर्ने सहमति भएको थियो । आज रिहा गर्नेको सूचीमा जोशीको नाम समावेश थिएन । 

    दुई वर्षअगाडी अध्ययनको शिलशिलामा विपिन जोशी लगायतका विद्यार्थी इजरायल पुगेका थिए । हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने जोशी हमासको कव्जामा थिए । 

    उनको अवस्था पत्ता लगाउन पहल गरिदिन जोशीको बहिनी र आमा इजराइल पुगेका थिए भने अहिले उनीहरु अमेरिकामा छन् । 


    प्रतिक्रिया दिनुहोस