काठमाडौं । काठमाडौंको गौरिघाटमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या आरोपमा उनका श्रीमान ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउलाई प्रहरीले पक्राउ गरेको हो ।
गौरिघाट मिलनचोकमा आफ्नै डेरामा आइतबार अप्सराको शव फेला परेको थियो ।
संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शेर्पाले घरझगडाको निहुँमा शेर्पाले श्रीमतीको कुटपिट गर्दा उनको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।