बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी पासपोर्ट १२ औ स्थानमा पुग्यो, नेपालको के छ अबस्था ?


    हुलाक प्रेस

    • बुधबार, असोज २९ २०८२०८:४०
    अमेरिकी पासपोर्ट १२ औ स्थानमा पुग्यो, नेपालको के छ अबस्था ?

    काठमाडौँ । अमेरिकी पासपोर्ट विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिकी पासपोर्ट १२औँ स्थानमा पुगेको छ ।

    पासपोर्ट इन्डेक्सले २० वर्षमा यस्तो पहिलोपटक भएको उल्लेख गरेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ ।

    सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ भने दोस्रो स्थानमा दक्षिण कोरिया  र तेस्रोमा जापान रहेको छ । 

    इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औँ स्थानमै यथावत् छ भने भारतीय पासपोर्ट ७७औँ स्थानमा पुगेको छ।  भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा अनअराइभल भिसा पाउँछ ।


    प्रतिक्रिया दिनुहोस