बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट


    हुलाक प्रेस

    • सोमबार, कात्तिक ३ २०८२०९:४५
    लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट

    काठमाडौं । लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।

    यसरी आन्तरिक खपत र निर्यात दुवै गरी कुल २,६६५ मेगावाट विद्युत्‌को माग पुगेको प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन घरघरमा दीप प्रज्वलन, बिजुली बत्ती र सजावटका कारण विद्युत् खपतमा हरेक वर्ष बढोत्तरी हुने गर्छ । 

    यस वर्ष माग बढे पनि  प्रणाली सन्तुलन कायम गर्न प्राधिकरणले सफलतापूर्वक आपूर्ति व्यवस्थापन गरेको जनाएको छ । प्राधिकरणले २०७३ सालदेखि लक्ष्मीपूजाको दिन निरन्तर रूपमा बत्ती व्यवस्थापन गर्दै आइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस