बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता


    हुलाक प्रेस

    • सोमबार, कात्तिक ३ २०८२१०:०२
    तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता

    काठमाडौँ । तिहारको अवसरमा साेमबार यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबिच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गरे । 

    प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए । 

    उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए । 

    देउसीमार्फत उनीहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गरेका थिए । अक्टोबर २० अर्थात् सोमबार अन्तर्राष्ट्रिय सेफ दिवससमेत मनाइएको छ।


    प्रतिक्रिया दिनुहोस