बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ७ २०८२०७:५५
    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

    रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार, अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ भने १० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि प्रसाद पुनका अनुसार, खलंगाबाट आठबिसकोट नगरपालिका–९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको हो ।

    प्रहरीले उद्धारको काम जारी राखेको छ । जिपमा करिब २० जना यात्रु सवार थिए । मृतकहरूको परिचय खुल्न बाँकी छ ।

     


    प्रतिक्रिया दिनुहोस