बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन


    हुलाक प्रेस

    • शनिबार, कात्तिक ८ २०८२०३:१४
    छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ ।

    शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष झैं यस बर्ष पनि उपत्यकामा भव्य रुपमा छठ पर्व मनाउने विभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिए ।

    उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लवको अगाडी, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको छ ।

     उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न हानगर प्रहरी प्रमुख पाण्डेले आग्रह गरे ।

    छठ पर्व मनाउने स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गर्दै उनले उक्त स्थानहरूमा साढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए । छठ घाटका लागि तोकिएका स्थानमा भक्तजनसँग शुल्क उठाउन रोक लगाइएको पाण्डेले बताए ।

    तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउनेक्रम बढ्दै गएको छ । उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।


    प्रतिक्रिया दिनुहोस