बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ३० जिल्लामा सीडीओ हेरफेर


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ९ २०८२१०:३६
    ३० जिल्लामा सीडीओ हेरफेर

    काठमाडौँ । गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको छ। आइतबारको यो निर्णयमा ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर गरिएको छ। ललतिपुर र भक्तपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको हो। 

     ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन्। यसअघि उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई विभागको जिम्मेवारी दिइएको छ। 

    यस्तै भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ। उनी यसअघि काभ्रेपलान्चोकको सीडीओ थिए। भक्तपुरका सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभामा सरुवा भएका छन्। 

     रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे लमजुङ, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली सरुवा भएका छन्। 

    यस्तै महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका सीडीओ तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेललाई धनुषामा सरुवा गरिएको छ।

    1.jpeg

    2.jpeg


    प्रतिक्रिया दिनुहोस