बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मलेसिया वार्ता : ट्रम्प–सी भेटका लागि ‘सकारात्मक खाका’ तयार


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ९ २०८२१०:४५
    मलेसिया वार्ता : ट्रम्प–सी भेटका लागि ‘सकारात्मक खाका’ तयार

    काठमाडौँ ।अमेरिका र चीनका प्रतिनिधिबीच एकअर्काको चिन्तालाई सम्बोधन गर्ने विषयमा आधारभूत समझदारी भएको चीनले बताएको छ। दुई पक्षबीच मलेसियाका क्वालालम्पुरमा वार्ता भएको थियो।

    चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री हे लिफेङले गरेका थिए भने अमेरिकाका तर्फबाट वित्तमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमसन ग्रिअर वार्तामा सहभागी थिए। सी चिनफिङ र डोनाल्ड ट्रम्पको भेटअघि यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको थियो।

    एसिया प्यासिफिक इकोनोमिक समिटमा दक्षिण कोरियामा भेट हुने तय भएको छ। तर, बेइजिङले यसको पुष्टि गरिसकेको छैन।

     ‘दुवै पक्षले एकअर्काको चासोका प्रमुख आर्थिक र व्यापारिक मुद्दाबारे स्पष्ट, गहन र रचनात्मक परामर्श गरेका छन्,’ चिनियाँ सरकारी सञ्चारमाध्यमले भनेको छ।

    अमेरिकी वित्तमन्त्री बेसेन्टले पनि ट्रम्प र सीको बैठकका लागि एकदमै सकारात्मक खाका तयार भएको बताएका छन्। 

    अमेरिका र चीनबीचको व्यापार युद्धविरामको अवधि नोभेम्बर १० मा समाप्त हुँदैछ। यो युद्धविराम लम्बिन्छ त भन्ने प्रश्नमा बेसेन्टले भने, ‘म लम्बिन्छ भन्छु। तर, अमेरिकाको अन्तिम निर्णय ट्रम्पमा निर्भर छ।’ एजेन्सी


    प्रतिक्रिया दिनुहोस