बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १० २०८२०८:०९
    जाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण

    काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र काटेको छ ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विवरण मागिएको पुष्टि गरे । उनले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्‌बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेको बताए ।

    जेन–जी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघसंस्थामाथि कतिपयले प्रश्न उठाएका छन् । त्यही पृष्ठभूमिमा आयोगले समाजकल्याण परिषद्‌बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो ।

    कुनै निश्चित संस्था वा ठाँउ नभएर समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको कार्कीले बताए ।


    प्रतिक्रिया दिनुहोस