बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गृहमन्त्री अर्यालद्वारा छठीमाताको दर्शन


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १० २०८२०८:२०
    गृहमन्त्री अर्यालद्वारा छठीमाताको दर्शन

    काठमाडौँ । छठ पर्वको तेस्रो दिन आज जनकपुरधामको पवित्र सरोवर गङ्गासागर घाटमा गृहमन्त्री ओमप्रकाश अर्यालले छठीमाताको दर्शन गरेका छन् । 

    सोमबार उनले छठीमाताको दर्शन गरेका हुन् । त्यसअवसरमा गृहमन्त्री अर्यालले अमनचयन शान्ति र सद्भावको कामना गरे । 

    उनले तोकिएको समयमा समयमा निर्वाचन हुने समेत बताए । यसका लागि सरकारले वातावरण बनाइरहेको गृहमन्त्री अर्यालले बताए ।  

    आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालसहित उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गाल जनकपुर पुगेका थिए । 


    प्रतिक्रिया दिनुहोस