शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ११ २०८२०७:२७
    उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ

    काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

    आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

    व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

    काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । यस वर्ष गुह्येश्वरी-गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ ।


    प्रतिक्रिया दिनुहोस