बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जेनजी आन्दोलनमा प्रहरी कार्यालय तोडफोडमा संलग्न थप १५ जना पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ११ २०८२०८:३२
    जेनजी आन्दोलनमा प्रहरी कार्यालय तोडफोडमा संलग्न थप १५ जना पक्राउ

    काठमाडौं । गत महिना भएको जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न थप १५ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवनकुमार भट्टराईका अनुसार, विभिन्न १५ जना व्यक्तिहरूलाई हतियार र अन्य सामग्रीसहित पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास–५ २५ वर्षीय सुन वाइवा, दोलखाको मेलुङ गाउँपालिका–का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भिमदत्त नगरपालिका–६ का २५ वर्षीय अनिल बुढा, गोरखाको आजिरकोट गाउँपालिका–५ का २१ वर्षीय निखिल भुजेल, भारतको राजस्थान प्रदेश जयपुर ग्राम पञ्चायतका २४ वर्षीय सोयव खान, कञ्चनपुरको हेन्द्रनगर औठपुरका २० वर्षीय विकाश आग्री, दोलखाको शैलुङ गाँउपालिका–८ का २१ वर्षीय तिर्थमान तामाङ, मकवानपुरको बकैया गाउँपालिका–१ का २७ वर्षीय राजेश तामाङ, काठमाडौंको नागार्जुन नगरपालिका–८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनी गाउँपालिका–१ का ३१ वर्षीय सुवाष तामाङ, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–११ का ४१ वर्षीय सुवाष गोतामे, कञ्चनपुरको बेलौरी नगरपालिका–१ का २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इर्खु गाउँपालिका–१ का २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी गाउँपालिका–७ का २४ वर्षीय गोविन्द कुमार ठाकुर रहेका छन् ।

    उनीहरू सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस