बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इलामका बाढीपीडितलाई जर्मनीको सहयोग


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १२ २०८२०८:२०
    इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

    काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

    आगामी दुई महिनाभित्रमा बाढीप्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।


    प्रतिक्रिया दिनुहोस