शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दमकमा बस दुर्घटना, एकजनाको मृत्यु, २१ घाइते


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १२ २०८२०८:२९
    दमकमा बस दुर्घटना, एकजनाको मृत्यु, २१ घाइते

    झापा । दमक नगरपालिका–२ पाङ्गिनीचोकनजिक यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो । 

    बसमा ३५ जना यात्रु सवार थिए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । २० जना उपचारपछि घर फर्केका छन् । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस