काठमाडौँ । राहदानी चाँडो बनाइदिने भन्दै सेवाग्राहीसँग रकम मोलमलाइ गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राहदानी विभाग त्रिपुरेश्वरमा सेवाग्राहीसँग रकम मोलमलाइ गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएर दुई जनालाई प्रहरी बृत्त कालिमाटीमा राखिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका दूधनारायण श्रेष्ठ र रुपन्देहीका सुनिल नेपाली छन् । उनीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।