बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १६ २०८२०८:४४
    धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

    जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।

    विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

    उनीहरु एउटै परिवारका सदस्य रहेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस