बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्यांकरबाट चोरी गरी पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ४ जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १७ २०८२०९:०२
    ट्यांकरबाट चोरी गरी पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ४ जना पक्राउ

    काठमाडौं । ट्यांकरबाट चोरी गरी पेट्रोलियम पदार्थ बिक्री गरेको अभियोगमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलिमय पदार्थ लोड गरी थानकोट डिपोमा आउँदै गरेको ना ४ ख ९३७७ नम्बरको ट्यांकर चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो साढे ४ बजे उक्त ट्यांकरले मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित जय शिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पट्रोल झिकिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा ट्यांकर चालकसहित पेट्रोल पम्पमा काम गर्ने ३ गरी ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस