बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ६० किलो सुन तस्करी : जीवन चलाउनेसहित चिनियाँ गिरोहविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १७ २०८२०९:५७
    ६० किलो सुन तस्करी : जीवन चलाउनेसहित चिनियाँ गिरोहविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

    सम्पत्ति शुद्धिकरण विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रतिवादी बनाइएका जीवन चलाउनेलाई २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५ सय १३ रुपैयाँ विगो कायम गरिएको छ ।

    सम्पत्ति शुद्धीकरण विभागले चिनियाँ नागरिक एलेक्स भनिने याओ पोचेङ, ली वेन, रोजर भनिने ली नेङग्काई, डिङ सेंग फा, लिन चछ्याङ, टाासी भनिने थुप्तिन छिरिङ, हर्कराज राई, दावा छिरिङ लगायत प्रतिवादी बनाएको छ । उनीहरुविरुद्ध ५८ करोड ५६ लाख ९ हजार ५ सय ६८ रुपैयाँ बिगो कायम गरि मुद्दा दर्ता गरेको छ ।

    राजश्व अनुसन्धान विभागको टोलीले ३ साउन २०८० मा ब्रेक प्याडभित्र लुकाएर ल्याएको अवस्थामा ६० किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धान गर्न भन्दै प्रहरीले अनुसन्धानका फाइल सीआईबीलाई बुझाएको थियो ।

    सीआईबीले पहिले समातेका कतिपय चिनियाँ प्रतिवादीहरु जेन–जी आन्दोलनका बेला केन्द्रीय कारागारबाट भागेका थिए । उनीहरु अहिलेसम्म फेला परेका छैनन् ।

     


    प्रतिक्रिया दिनुहोस