बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • श्रीलङ्कामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’ कार्यक्रम सुरु


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १८ २०८२०८:०६
    श्रीलङ्कामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’ कार्यक्रम सुरु

    कोलम्बो । श्रीलङ्काले सोमबार देखि देशको प्राकृतिक वन र वन्यजन्तु स्रोतहरूको संरक्षण गर्न वातावरण मन्त्रालय अन्तर्गत ‘वाना सुराकुमा’ नामक एकीकृत परिचालन कार्यक्रम सुरु गरेको छ ।

    मन्त्रालयले ‘वाना सुराकुमा’ कार्यक्रमको मुख्य उद्देश्य वातावरणीय अपराधहरूको रोकथाम गर्दै वन र वन्यजन्तु संरक्षण सञ्चालनलाई अझ प्रभावकारी बनाउनु रहेको बताएको छ ।

    कार्यक्रमले वन्यजन्तु संरक्षण विभाग, वन संरक्षण विभाग, प्रहरीलाई एक ढिक्का गरी   देश भरि वनसँग सम्बन्धित अपराधहरूका लागि समन्वय र द्रुत नियन्त्रण प्रतिक्रियालाई सुदृढ पार्ने जनाइएको छ ।  

    कार्यक्रम २४ सै घण्टाको हटलाइन सेवा सर्ट कोड–१९९५ मार्फत सञ्चालन गरी जनतालाई वन विनाश र वातावरणीय क्षतिको घटनाहरूको रिपोर्ट गर्न सक्षम बनाउने जनाइएको छ । 
     


    प्रतिक्रिया दिनुहोस