बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १८ २०८२१०:३१
    जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको छ ।

    कात्तिक १७ गतेसम्मको विवरण अनुसार देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको गृहमन्त्रालयले जनाएको छ ।

    गृहमन्त्रालयका अनुसार सबैभन्दा काठमाडौं उपत्यकामा २१८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ । साथै ९६ वटा मुद्दा दर्ता गरिएको छ ।

    यस्तै कोशी प्रदेशमा ३० जनालाई पक्राउ गरेको छ भने ४ वटा मुद्दा दर्ता गरेको छ । तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्नहरू सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने गृहमन्त्रालयले जनाएको छ ।

    मधेश प्रदेशमा २१ जना अभियुक्तलाई पक्राउ गरिएको छ भने मुद्दा दर्ताको संख्या ६ रहेको छ। यस्तै बागमतीमा ३३ जना अभियुक्त पक्राउ परेका छन् भने ११ वटा मुद्दा दर्ता भएको छ ।

    गण्डकीमा ३२ जना अभियुक्त र ७ वटा मुद्दा, लुम्बिनीमा २९ जना अभियुक्त र ११ वटा मुद्दा दर्ता, कर्णालीमा ४ जना अभियुक्त र ३ वटा मुद्दा दर्ता तथा सुदूरपश्चिम प्रदेशमा ८ जना अभियुक्त र ३ वटा मुद्दा दर्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

    मेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजार भन्दा बढी भिडियो, फोटोहरूसहितको प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ। प्राप्त भिडिओ, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ ।

    यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरणसहित जिल्ला प्रहरी परिसरमा उजुरी दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

    गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबारलगायत महत्पवूर्ण सरकारी संरचनाहरू जलाइएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस