बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउने प्रयासमा छौँ : प्रधानमन्त्री


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २० २०८२१०:२३
    एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउने प्रयासमा छौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।

    द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो।

    सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको छ।

    लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस