बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतले रुसबाट तेल किन्न बन्द गरेको दाबी गर्दै ट्रम्पले भने: मोदी मेरा साथी हुन्


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २१ २०८२०९:१०
    भारतले रुसबाट तेल किन्न बन्द गरेको दाबी गर्दै ट्रम्पले भने: मोदी मेरा साथी हुन्

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल किन्न लगभग बन्द गरेको दाबी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

    बिहीबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा उनले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसकेका छन् । उनी मेरा साथी हुन् । म उनीसँग कुरा गर्नेछु ।'

     यस क्रममा ट्रम्पले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरे। उनले भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न 'ट्यारिफलाई हतियारका रूपमा प्रयोग गरिएको' बताए ।

     आफ्नो हस्तक्षेपका कारण भारत र पाकिस्तानबीचको द्वन्द्व २४ घण्टामै रोकिएको दाबी ट्रम्पले गरे ।


    प्रतिक्रिया दिनुहोस