बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • वायु सेवा निगमद्वारा कर्मचारी कटौती सुरु, ६ जनालाई बिदा


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २५ २०८२०९:५५
    वायु सेवा निगमद्वारा कर्मचारी कटौती सुरु, ६ जनालाई बिदा

    काठमाडौँ । नेपाल वायुसेवा निगमले कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले मंगलबार ६ जना कर्मचारीलाई बिदा दिएको छ । करारका कर्मचारी रहेका उनीहरूको करार अवधि समाप्त भएपछि आजैका मितिदेखि करार अन्त्य गरिएको जनाएको छ ।

    ‘निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान संख्यालाई मध्येनजर गरी कर्मचारी कटौती गदै लाने’ निगमले जनाएको छ ।

    ‘निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको’ आज जारी विज्ञप्तिमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस