बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २८ २०८२११:१२
    वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

    जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ । 

    उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । मृतक यादवको शव परीक्षणका लागि अस्पतालमा ल्याइएको छ । 

    गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस