बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बिहारमा दुईतिहाइ सिट ल्याउने गरी नीतीश कुमारले के गरेका थिए?


    हुलाक प्रेस

    • शनिबार, कात्तिक २९ २०८२०८:१६
    बिहारमा दुईतिहाइ सिट ल्याउने गरी नीतीश कुमारले के गरेका थिए?

    काठमाडौँ । भारतको बिहार राज्यमा भएको विधानसभामा नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए)ले दुईतिहाइ मत प्राप्त गरेर फेरि एकपटक बिहारमा सत्ताको साँचो आफ्नो हातमा परेको छ ।

    भारतीय जनता पार्टी (भाजपा) र नीतीश कुमार नेतृत्वको जनता दल (युनाइटेड) को एनडिए गठबन्धनले २ सय ४२ सिटमध्ये २ सय २ मा जित निकाल्यो । जुन दुईतिहाइमन्दा बढी हो ।

    यस जितसँगै बिहारमा नीतीश कुमारको लगातार (२० वर्षदेखि) शासनले पुन:वैधानिक्ता प्राप्त गर्न सफल भयो । अब उनी १०औँ पटक बिहारको मुख्यमन्त्रीमा आशन हुनेछन् । निर्वाचन आयोगका अनुसार भाजपाले ८९ तथा नीतीश नेतृत्वको युनाइटेडले ८५ सिट हात पारेको छ ।

    एनडिए गठबन्धनले २ सय २ सिट जित्दा महागठबन्धनले मात्र ३५ सिट जितेको छ । नीतीश कुमारलाई सत्ताबाट बाहिर निकाल्ने गरी लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको आरजेडीले कंग्रेस र कम्युनिस्ट पार्टीहरूसँग मिलेर महागठबन्धन बनाएका थिए ।

    महागठबन्धले ३५ सिट जित्दा अन्यले ६ सिटमा जित हात पारे । महागठबन्धनलाई पछि पार्न नीतीश कुमारले के गरेका थिए? अहिले धेरै कोणबाट विश्लेषण भइरहेको छ ।

    यो जितको पछाडिको मुख्य कारण नितिश कुमारले चुनावलाई लक्षित घोषणा गरेका योजनाहरु रहेको विश्लेषण भइरहेको छ । जहाँ राज्यले अर्बौ रुपैंया खर्चिएको थियो ।

    साथमा महागठबन्धन भित्रकै अन्तर्घातका कारणले पनि एनडिए बलियो बन्न पुग्यो । केवल ३५ सिटमा खुम्चिएको महागठबन्धनलाई बिहार चुनावले झनै ठूलो क्षति गरेको छ ।

    नीतिश कुमारले चुनाव भन्दा अगाडि महिला, प्रौढ र युवा तथा मध्यम वर्गका परिवारलाई लक्षित गरेर अनेक कार्यक्रम घोषणा गरेका थिए। अर्बौ रुपैयाँ राज्यको स्रोत उनले खर्चिन पुगे । जसको फाइदा उनले सोझै चुनावमा उठाए । उनले तत्कालै गरेको कामले सबैलाई विश्वास भयो ।

    त्यसोत यो जितका पछि नीतिशका घोषणा मात्र एक्लो कारण भने होइन । यसको पछि बलियो दलित समर्थन रहेको चिराग पासवान एनडिएमा जोडिन अर्को महत्वपूर्ण फ्याक्टर बन्यो । जसका कारण उसलाई ५० सिट बढी फाइदा भएको मानिन्छ ।

    महिलालाई लक्षित गर्दै ‘जीवका दीदी’ योजना

    २९ अगस्ट, २०२५ मा मुख्यमन्त्री नीतिश कुमारले महिला रोजगार योजनाको घोषणा गरे । उनले १८ देखी ६० वर्ष सम्मका महिलालाई विजनेस शुरु गर्नका लागि ‘जीविका दिदी’ योजना अन्तर्गत दुई लाख रुपैयाँ दिने घोषणा गरे ।

    पहिलो किस्तामा १० हजार रुपैयाँ पठाए । २६ सेप्टेम्बरमा पहिलो पटक महिला महिलाको खातामा पैसा पुग्यो । चुनाव भन्दा अगाडी १.२१ करोड महिलाका खातामा पैसा पुगेको थियो । महिलामा यो योजना १० हजारको नामले चर्चित भयो। यसलाइ आधार मान्दै भोट वाइबका फाउन्डर अमिताभ तिवारी भन्छन्– ‘सरकारले १.२१ करोड महिलालाई १० हजारका दरले पैसा दियो । जुन ४० प्रतिशत प्रत्यक्ष हो। १.२१ करोड महिलालाई पैसा दिनु भनेको उसको परिवारमा रहेका ३ जनालाई असर पार्छ । यसको अर्थ यो रकमले ३.६३ करोडलाई प्रभावित बनायो ।’

    बिहारमा कुल भोटर ७.४५ करोड छन् । जसमा महिला भोटर ३.५१ करोड तथा पुरुष भोटर ३.९३ करोड रहेका छन् । जसमा नितिशले लक्षित गरेको ‘जीविका दीदी’ भोटरको संख्या १.३४ करोड रहेको छ। अर्थात ४० प्रतिशत महिला भोटर यो योजनाको प्रत्यक्ष लाभान्वित वर्गमा परे ।

    सन् २०२० मा एनडिएलाई २.०८ करोड महिलाले भोट दिएका थिए । झनै यो योजनाले एनडिएलाई सर्वाधिक फाइदा पुग्यो ।

    त्यस्तै ‘आशा वर्कर’का नाममा तल्लो वर्गका मजदुरलाई दिँदै आएको १ हजार तलब बढाएर नीतीश सरकारले ३ हजार पुर्यायो । ममता कार्यकर्ता (मातृशिशु) का रुपमा परिचालित भएका महिलाले हरेक डेलिभरी मार्फत पाउने ३०० रुपैयाँलाई बढाएर ६०० बनाइयो । बिहारमा १ लाख आशा वर्कर ५ हजार आशा फ्यासिलेटर र ५ हजार भन्दा बढी ‘ममता कार्यकर्ता’ रहँदै आएका छन् ।

    यो योजना प्रभावकारी भएपछि महागठबन्धनबाट मुख्यमन्त्रीका उम्मेद्वार रहेका तेजस्वी यादवले चुनावको दुई दिनअघि आफ्नो सरकार बनेमा हरेक वर्षको १४ जनवरीमा प्रत्येक महिलालाई ३० हजार दिने घोषणा गरेका थिए । तर उनको यो घोषणा प्रभावकारी हुन सकेन् ।

    लोअर मिडल क्लासलाई १ सय २५ युनिट बिजुली फ्रि

    बिहारमा एक जुलाई बाट घरेलु प्रयोजनमा १ सय २५ युनिट बिजुली फ्रि गरिएको थियो । मुख्यमन्त्री नितिश कुमारले चुनावी प्रयोजनलाईनै ध्यानमा राखेर उनले यो योजना ल्याए । जसले १.६७ करोड परिवारलाई प्रत्यक्ष फाइदा पुग्यो । यो योजनामा ३३७६ करोड खर्च भयो ।

    १ अगस्ट २०२५ देखी बिहारमा १.६७ करोड परिवारलाई १२५ युनिट बिजुली फ्रि मिल्यो । जसमा १.२५ करोड ग्रामिण तथा ४७ लाख शहरी क्षेत्रका परिवार थिए । यसलाई आधार मान्दा १ घरमा ३ भोटर हुँदा करिब ५ करोड भोटरलाई प्रत्यक्ष रुपम यो योजनाले प्रभावित बनायो ।

    बृद्धबृद्धाको पेन्सनमा भारी वृद्दी

    बृद्धबृद्धालाई पेन्सनका रुपमा दिँइदै आएको ४०० रुपैयाँ बढाएर ११०० बनाइयो । जसले १.११ करोडलाई प्रत्यक्ष फाइदा भयो। नीतीश सरकारले यो योजनाका लागि १२२७ करोड खर्चियो।

    यसको जवाफमा महागठबन्धनले १५०० पेन्सन दिने बाचा गरेको थियो । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई महिनाको ३ हजार दिने घोषणा गरेको थियो । तर यसको असर देखिएन् ।

    युवा तथा नयाँ भोटरलाई ग्रेजुएसन बेरोजगारी भत्ता

    ३० सेप्टेम्बर २०२५ मा मुख्यमन्त्री नितिश कुमारले सामाजिक सञ्जाल मार्फत ग्रेजुएट गरेका २० देखी २५ वर्ष उमेरका युवालाई प्रतिमहिना १ हजार बेरोजगार भत्ता दिने घोषणा गरे ।

    यो भत्ता दुइ वर्ष सम्म दिने बताए। यो योजनाबाट ७.६ लाख युवाहरु लाभान्वित भए। यसबाट सरकारले हरेक महिना ७६ करोड खर्च गर्ने छ । यो योजना २०३० सम्ममा १ करोड युवालाई सरकारी नोकरी दिने घोषणा गरे ।

    विद्यार्थीलाई क्रेडिट कार्डमा ब्याज माफ

    सरकारले क्रेडिट कार्ड योजना अन्तर्गत दिने लोनमा ब्याज फ्रि गर्ने घोषणा गर्यो । २ लाख रुपैयां सम्मको लोन तिर्ने समय पनि ५ वर्षबाट बढाएर ७ वर्ष पुर्यायो । त्यो भन्दा बढी लोन लिनेले पनि ७ वर्षबाट बढाएर १० वर्ष पुर्याइयो । यसको फाइदा ४ लाख युवाहरुलाई प्रत्यक्ष रुपमा भयो ।

    जातीय समिकरण

    एनडिएले चुनावमा टिकट बाँड्दा जातिय समिकरणलाई खुब ध्यान दियो । गठबन्धनमा शहभागि ५ पार्टिले उच्च जातीका रुपमा रहेका ८५ जनाले टिकट पाउँदा ३९ दलित, ३७ कुर्मी(कोइरी, २९ अत्याधिक पिछडा, २७ वैश्य, १९ यादव ५ मुस्लिम र २ आदिवासीलाई समुदायका रुपमा क्यान्डिडेट उतारे । २०२० मा एनडिए बाट टाढा रहेका चिराग पासवान र उपेन्द्र कुशवाहलाइ गठबन्धनमा ल्याउन सफल भयो एनडिए । जहाँ राम मांझी पहिलेदखीनै थियो । जसले दलित, अति पिछडा र कुशवाहको भोट एनडिएमा एकत्रित गरेको मानिन्छ ।

    बिहारमा पासवान कम्युनिटीको जनसंख्या ५.३२ प्रतिशत मानिन्छ । यो समुदाय बिहारका सबै जिल्लामा रहेका छन् । जसले ५० सिट प्रभावित गर्छ। उनीहरु मध्ये धेरैले चिराग पासवानलाई आफ्नो नेता मान्ने गर्छन् । त्यही भएर उनको पार्टीले १९ सिट प्राप्त गर्यो । उनी जता जान्छन पासवानको भोट त्यतै जाने मानिन्छ ।


    प्रतिक्रिया दिनुहोस