बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनपीएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ३० २०८२०९:२९
    एनपीएलमा सुरक्षा प्रबन्ध चुस्त–दुरुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे जानकारी लिएका छन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग आइतबार एनपीएलको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले जानकारी लिएका हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार, बैठकमा अर्यालले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए ।

    “पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएकोले यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी भएकाले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देश गर्दछु,” मन्त्री अर्यालले बैठकमा भने ।


    प्रतिक्रिया दिनुहोस