बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियसभा निर्वाचन : मनोनयन दर्ता पुस २३ मा


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ३० २०८२०९:४५
    राष्ट्रियसभा निर्वाचन : मनोनयन दर्ता पुस २३ मा

    काठमाडौं । राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उमेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । 

    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

    स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

    पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने कार्यक्रम छ । दिउँसो १ देखि २ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने तालिका रहेको छ । 

    निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदै छन् । २०७६ माघ ९ गते चुनिएका सांसदहरूको ६ वर्षे कार्यकाल फागुनमा सकिन लागेको हो । 
     


    प्रतिक्रिया दिनुहोस