काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको तौलिहवा नगरपालिका ८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयमा भ्रष्टाचार गरेका दाबीसहित मुद्दा दायर गरेको छ।
आयोगले विद्यालयका प्रध्यानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रधानाध्यापक रैदास र व्यवस्थापन समितिका अध्यक्ष थारूले आर्थिक वर्षमा विभिन्न शीर्षकका २०७८/७९ मा ४ लाख ४३ हजार चार ४३० गरेको पुष्टि भएको दाबी गरे।
छात्रवृत्ति रकम हिनामिनास् छात्रवृत्ति शीर्षकमा विनियोजित ५१ हजार ६ सय विद्यार्थीलाई वितरण नगरी हिनामिना गरेको पाइएको छ। त्यस्तै दिवा खाजावापतको दुई लाख ३७ हजार १५० दुरुपयोग गरेको आयोगको दाबी छ।
पाठ्यपुस्तक वितरणमा एक लाख १४ हजार ९६५ वितरण नगरी हिनामिना गरेको, विद्यालयका स्थायी शिक्षकको नागरिक लगानी कोष लगायतको सामाजिक सुरक्षा करवापतको ३९ हजार ७१४ समेत खातामा जम्मा नगरी हिनामिना गरेको पाइएको छ।