बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बिजुली काट्ने प्राधिकरणको निर्णयविरुद्ध रिलायन्सलाई उच्च अदालतले दियो अन्तरिम आदेश


    हुलाक प्रेस

    • बिहीबार , मंसिर ४ २०८२१०:०३
    बिजुली काट्ने प्राधिकरणको निर्णयविरुद्ध रिलायन्सलाई उच्च अदालतले दियो अन्तरिम आदेश

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरूद्ध दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलासले प्राधिकरणले रिलायन्सलाई उद्योगमा लाइन काट्ने काम रोक्न आदेश दिएको हो ।

    प्राधिकरणविरूद्ध रिलायन्ससमेत कम्पनीका सञ्चालक अक्षय गोल्याणसमेतले रिट दायर गरेका थिए । गोल्याणको रिटमा पनि पाटनले माग बमोजिम अन्तरिम आदेश दिएको हो ।

    नेपाल विद्युत प्राधिकरणले लाइन काटेर बक्यौता उठाउन खोजेपछि रिलायन्स पाटन उच्च अदालत पुगेको थियो । जसमा कात्तिक ११ गते सूर्यप्रसाद पराजुलीको इजलासले विपक्षीसँग समेत छलफल गरेर अन्तरिम आदेशबारे निर्णयमा पुग्ने आदेश दिएको थियो ।

    त्यसपछि कात्तिक १९ गते विपक्षी नेपाल विद्युत प्राधिकरण, कोशी प्रादेशिक कार्यालय, रानी, विराटनगर र नेपाल विद्युत प्राधिकरण, कोशी प्रादेशिक कार्यालय, ईटहरी वितरण केन्द्र, सुनसरीको नामको म्याद सुनसरी जिल्ला अदालत र मोरङ जिल्ला अदालतबाट तामेल भई प्राप्त नभएकाले रिट सुनुवाई भएको थिएन ।

    रिलायन्सले बक्यौता तिर्न प्राधिकरणले निकालेको सूचना र बक्यौता उठाउन प्राधिकरणले पठाएको पत्र कार्य नगर्न नगराउन, यथास्थितिमा राख्न तथा प्रशासकीय पुनरावलोकन सम्बन्धि कार्य अघि बढाउनु भन्ने समेतमा अन्तरिम आदेश मागेको थियो ।


    प्रतिक्रिया दिनुहोस