बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आयात १८ र निर्यात ७७ प्रतिशतले बढ्यो


    हुलाक प्रेस

    • आइतबार, मंसिर ७ २०८२०९:३२
    आयात १८ र निर्यात ७७ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को चार महिनामा आयात १८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा ६ खर्ब नौ अर्ब ४५ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

    गत वर्षको सोही अविधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

    उक्त अवधिमा निर्यात भने ७७.५१ प्रतिशतले बढेको छ । चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५२ अर्ब ६७ करोड सात लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

    चार महिनाको अवधिमा व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ । गत वर्षको कात्तिक महिनासम्म चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ ब्यापार घाटा भएकोमा यो वर्षको चार महिनामा बढेर पाँच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

    भटमासको तेल र सूर्यमूखी तेल निर्यात बढेसँगै निर्यात बढेको तथ्यांक देखिन्छ । विभागका अनुसार, ३८ अर्ब ४३ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । त्यसैरी चार महिनामा दुई अर्ब ७३ करोड २८ लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ ।

    अन्य मुलुकबाट कच्चा पदार्थ आयात गरी भारतमा यस्तो तेल निर्यात भएको देखिन्छ । चार महिनामा तीन अर्ब ९७ करोड ४३ लाख रुपैयाँको अलैची भारत निर्यात भएको विभागको तथ्यांक छ ।  


    प्रतिक्रिया दिनुहोस