बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : जीबी राईका नातेदार बम्जनलाई थुनामा पठाउने आदेश


    हुलाक प्रेस

    • आइतबार, मंसिर ७ २०८२०९:५५
    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : जीबी राईका नातेदार बम्जनलाई थुनामा पठाउने आदेश

    काठमाडौँ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

    जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

    सहकारी ठगीका मुख्य आरोपित जिबी राईका नातेदार(जेठान) उनी जेन–जी आन्दोलनका बेला प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए । फेरि पक्राउ गरेर प्रहरीले अदालत पेश गरेको थियो । त्यसक्रममा थुनामा पठाउने आदेश भएको हो ।

    यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमासमेत मुछिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


    प्रतिक्रिया दिनुहोस