बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १२ २०८२०८:०४
    कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

    काठमाडौँ । कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार पक्राउ परेका हुन् ।

    बिहीबार बेलुका शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    दुवै जनाको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।


    प्रतिक्रिया दिनुहोस