बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारीमा मारिएका दुई युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगियो


    हुलाक प्रेस

    • मंगलबार, पुस १७ २०८००१:४४
    बालकुमारीमा मारिएका दुई युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगियो

    काठमाडौँ । गत शुक्रबार बालकुमारी घटनामा मारिएका दुई युवा सुजन रावत र वीरेन्द्र शाहको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला लगिएको छ । 

    सोमबार सरकार र पीडित परिवारबीच चार बुँदे सहमतिपछि शव बुझ्न तयार भएका थिए । आज मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर शव गृह जिल्ला लगिएको हो । 

    सरकारसँग सोमबार भएको चार बुँदे सहमतिमा सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति भएको थियो ।  

    सोही अनुसार सरकारले आज उनीहरुको शव गृह जिल्ला पुर्याएको हो । 

    गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।  

    सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो। 

    मृतक परिवारलाई सरकारले १० १० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक एक जनालाई रोजगारी दिने पनि निर्णय भएको थियो । 


  • सम्बन्धित विषय:

  • # #balkumarighatana
  • प्रतिक्रिया दिनुहोस