शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जापान एयरलाइन्सको विमान अवतरणका क्रममा हानेदा विमानस्थलमा आगलागी


    हुलाक प्रेस

    • मंगलबार, पुस १७ २०८००४:२१
    जापान एयरलाइन्सको विमान अवतरणका क्रममा हानेदा विमानस्थलमा आगलागी

    काठमाडौं । जापान एयरलाइन्सको फ्लाइट ५१६ को विमान मंगलबार साँझ टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्दा आगलागी भएको छ ।

    अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी भएको जापानको समाचार संस्था एनएचकेले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    जापानको समाचार संस्था एनएचकेको भिडियोमा विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखिएको छ । 
     

    ३७९ यात्रु  चालक दलका सदस्यलाई बिमान बाहिर निकालिएको मिडिया रिपोर्टहरूले एयरलाइन्सलाई उद्धृत गर्दै जनाएको छ । 

    विमान स्थानीय समय ४ बजे नयाँ चितोसे विमानस्थलबाट प्रस्थान गरेको थियो र ५: ४० मा हानेदा अवतरण गर्ने तालिका थियो ।

    नयाँ वर्षकै दिन सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३० जनाले ज्यान गुमाएका छन् । 


    प्रतिक्रिया दिनुहोस