बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • तत्कालीन डिभिजन प्रमुखसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २३ २०८२०९:१५
    तत्कालीन डिभिजन प्रमुखसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका तत्कालीन कार्यालय प्रमुख भोलाप्रसाद थापासमेत ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले ट्युबवेल निर्माण गर्ने क्रममा ११ लाख ११ हजार ८४४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन इन्जिनियर बसन्तकुमार दुलाल, तत्कालीन अधिकृत माधवप्रसाद तिमिल्सेना, तत्कालीन सबइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्ट छन् । 

    यस्तै, जयकाली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. र सोका प्रबन्ध निर्देशक शेखर शर्माविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

    ‘डिप ट्यब वेल’ निर्माणको लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङले आह्वान गरेको ठेक्कामा बढी कबोल रकम भएको कम्पनीलाई ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा उनीहरूले ११ लाख ११ हजार ८४४ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ११ लाख ११ हजार ८४४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस