बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गर्ने निर्णय


    हुलाक प्रेस

    • मंगलबार, पुस १७ २०८००७:००
    ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गर्ने निर्णय

    काठमाडौँ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालेले ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरेको छ ।

    कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि  शाखाले थप गरेको हो । 

    यसअघि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

    गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा २ जनाको मृत्यु भएको थियो । 

    यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फारम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो ।

    त्यो क्रममा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका थिए । 

    eps form.webp


  • सम्बन्धित विषय:

  • # #eps
  • प्रतिक्रिया दिनुहोस